समाचार

चुरे थारु जातिको उत्पती स्थल मात्र नभएर सभ्यता र संस्कृतिको पनि मुहान हो : मोर्चा

बृजमान तामाङ /
बिरेन्द्र बजार, २१ जेठ ।
थरुहट थारुवान राष्ट्रिय मुक्तिमोर्चाद्वारा चुरे क्षेत्रबाट निकासि गर्ने बनपैदवार रोक्ने चेतावनी दिएका छ्न । मोर्चाका राष्ट्रिय कार्यबाहक अध्यक्ष श्रवण थारुले शुक्रबार एक प्रेस बक्तब्य जारी गर्दै चुरे थारु जातिको उत्पती स्थल मात्र नभएर सभ्यता र संस्कृतिको पनि मुहान भएकोले चुरे क्षेत्रबाट बन पैदवार निकासी गरे प्रतिकारमा उत्रने चेतावनी दिएका हुन ।
सरकारले अध्यादेश मार्फत बजेट ल्याएर चुरे क्षेत्रबाट, बालु, गिटि निकासी गर्ने कदमको मोर्चाले कडा शब्दमा बिरोध जनाएका छ्न । तराईका भुमीपुत्र थारु जातिको विरुद्ध ल्याएको सरकारी नीति मान्य छैन, अध्यक्ष थारुद्वारा जारी प्रेस बक्तब्यमा भनिएको छ, चुरे शिवालिक थारु जातिको उत्पती स्थल मात्र नभएर सभ्यता र संस्कृतिको पनि मुहान हो ।
तराईका आदिवासी थारुको भुमिलाई मरभूमी बनाउने सरकारी नितिको प्रतिकार गर्छौँ । प्रेस बक्तब्यमा वनजंगल बेचेर ब्यापारघाटा कम गराउने सकारको राष्ट्रघाती कदम प्रती मोर्चाले आपत्ती जनाएका छन् । वन पैदवारको व्यापार गरेर व्यापार घाटा कम गर्ने भन्ने थारु जातिको सभ्यता र संस्कृति माथिको प्रहार भएको ठहर गर्दै मोर्चाले चुरे मास्ने सरकारको षड्यन्त्रलाई सफल हुन नदिने भन्दै प्रेस बक्तब्य मर्फत बिरोध जानाएको छ ।
बक्तब्यमा बजेटमा चुरेलाई दोहन गर्ने नितिलाई हटाउन आग्रह समेत गरिएको छ । सरकारी निर्णय अबिलम्ब फिर्ता नभए सशक्त आन्दोलन गर्ने चेतावनी समेत प्रेस बक्तब्य मार्फत थरुहट थारुवान राष्ट्रिय मोर्चाले दिएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page