समाचार

कञ्चनरुपमा विश्व वातावरण दिवसको अवसारमा ३ सय वटा बिरुवा रोपियो

उत्सव आचार्य /
कञ्चनरुप (सप्तरी) , २२ जेठ ।
सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर १ ले विश्व वातावरण दिवस २०७८ को अवसारमा आज शनिवार वडा कार्यालयको प्राङ्गण र कब्रिस्थानमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।
नगर प्रमुख बसन्त कुमार मिश्र विरुवा रोपेर विश्व वातावरण दिवस २०७८ को उद्घाट गर्नुभएको थियो ।
वृक्षा रोपण कार्यक्रमलाई उद्घाटन गर्दै मिश्रले रुखविरुवाको विनासले गर्दा मानिसलाई नराम्रो असर पर्ने भएकाले रुखबिरुवा रापी त्यसको संरक्षण गर्न आवश्यक रहेको बताउनुभयो । नगरपालिका वृक्षारोपण कार्यलाई अगाडि बढी वातावरणको संरक्षण गर्न कटिबद्ध भएर लागेको समेत उहाँले बताउनुभयो ।

वडा नम्बर १ को कार्यालयको प्राङ्गण र कब्रिस्थानमा गरी जम्मा ३ सय वटा मलेसियन सखुवाको बिरुवा रोपेको वडा नम्बर १ का वडा अध्यक्ष करिम शेखले बताउनुभयो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page