समाचार

वन पैदावार उद्योग व्यावसायी महासंघद्वारा पत्रकार महासंघ सप्तरीलाई राहत सामाग्री प्रदान

राजविराज , २४ जेठ । नेपाल पत्रकार महासंघ सप्तरीलाई नेपाल वन पैदावार उद्योग व्यावसायी महासंघले आज सोमबार राहत सामाग्री र अन्य कार्यालयहरुलाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।
कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावितहरुका लागि निशुल्क स्वास्थ्य सामाग्री वितरण गर्ने योजनाअन्तर्गत पत्रकार महासंघ सप्तरीलाई एक सय किलो चामल, २० किलो पिठो, पाँच किलो दाल, पाँच लिटर तेल र ६ किलो च्युरा प्रदान गरिएको हो ।
सप्तरी वन पैदावर उद्योग व्यवसायी संघका अध्यक्ष नेसार अहमदका अनुसार पत्रकार महासंघले स्वास्थ्य सामाग्री पर्याप्त रहेको बताएपछि तथा नगद दिन नमिल्ने भएकाले विकल्पमा खाद्यान्न सामाग्री दिएको बताउनु भयो ।
यसैगरी प्राथमिक स्वास्थ्य कार्यालय, कञ्चनरुप, डिभिजन वन कार्यालय र ट्राफिक प्रहरी कार्यालयलाई स्वास्थ्य सामाग्री वितरण गरिएको अहमदले जानकारी दिनुभयो ।
प्राथमिक स्वास्थ्य कार्यालय कञ्चनरुपलाई २÷२ थान थर्मलगन र अक्सिमिटर, २० लिटर स्यानिटाइजर, एकसय थान फेशशिल्ड, ४० थान एन ९५ मास्क र एक सय थान सर्जिकल मास्क प्रदान गरिएको छ ।
यसैगरी डिभिजन वन कार्यालयलाई ४० वटा फेसशिल्ड, पाँच लिटर स्यानिटाइजर, २० वटा एन ९५ मास्क र ५० वटा सर्जिकल मास्क वितरण गरिएको छ । टाफिक प्रहरी कार्यालय राजविराजलाई ४० थान फेशशिल्ड, पाँच लिटर स्यानिटाइजर, २० थान एन ९५ मास्क र ४० थान सर्जिकल मास्क वितरण गरिएको छ ।
कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावितहरुका लागि निशुल्क स्वास्थ्य सामाग्री वितरण गर्ने योजना अन्तर्गतका सामाग्रीहरु सम्बन्धित कार्यालयमा गएर नै हस्तान्तरण गरिएको वितरण कार्यक्रममा सहभागी महासंघका केनद्रीय सदस्य उमेश दाहालले बताउनुभयो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page