समाचार

त्रियुगा सहकारीद्वारा स्वास्थ्य चौकि फत्तेपुरलाई अक्सिजन र इन्भटर बितरण

खगेन्द्र कार्की /
फत्तेपुर (सप्तरी), जेठ २५ गते ।
सप्तरीको सप्तकोसी नगरपालिका फत्तेपुरमा रहेको त्रियुगा सहकारी संस्थाले मंगलवार स्वास्थ्य चौकि फत्तेपुरलाई अक्सिजन सिलिन्डर र इन्भटर बितरण गरेको छ ।
२०५१ सालमा स्थापित फत्तेपुर स्वास्थ्य चौकिमा चौबीसै घन्टे सेबा सुचारु गरिएता पनि बत्ति नभएको बेला बैकल्पिक ब्यबस्था नभएका कारण मोबाइल बालेर बिरामी हेर्नु पर्ने भएकाले सहकारीले सामाजिक उत्तरदायित्व अन्तरगत स्वास्थ्य चौकि फत्तेपुरलाई ८१ हजार बराबरको एक थान इन्भटर ,दुइ थान इन्भटरको ब्याट्री र कोभिड १९ को महामारिमा अक्सिजन अभाबको कारण कतिपय बिरामिहरुको मृत्यु हुने गरेकोले सहकारीले स्वास्थ्य चौकिलाई ७५ हजार बराबरको ५ थान अक्सिजन सिलिन्डर समेत दिएको त्रियुगा सहकारी संस्थाका अध्यक्ष शम्भु बहादुर खड्काले जानकारी दिनुभयो ।

यसैगरी सहकारीले फन्ट लाइनमा खट्ने प्रहरी चौकि फत्तेपुर , ट्राफिक प्रहरी, शशस्त्र प्रहरि र सञ्चारकर्मीहरुलाई समेत स्वास्थ्य सामाग्री माक्स सेनिटाइजर सहित सहकारीले जम्मा १ लाख ६१ हजार ४ सय २५ रुपैयाँ बराबरको सामाग्री वितरण गरिएको संस्थाका ब्यबस्थापक दिपक कार्कीले जानकारी दिनुभयो ।
वितरण कार्यक्रममा सहभागी सप्तकोसी नगरपालिकाका नगर प्रमुख उत्तम कुमार शर्माले हामी सबैले आफ्नो सामाजिक उत्तदायित्व बहन गर्दै यो स्वास्थ्य चौकिलाई सुबिधा सम्पन्न बनाउनु पर्ने र स्वास्थ्यकर्मिहरुले पनि स्वास्थ्य सेबा प्रबाहमा कुनै कमि राख्नु नहुने बताउनुभयो । अब चाडै नगर भित्र नगर अस्पताल र सर्पदश उपचार केन्द्र सन्चालन गरिने समेत उहाँले बताउनुभयो ।

त्रियुगा सहकारी संस्थाले गत बर्ष पनि कोभिड–१९ बाट प्रभावित सेयर सदस्यहरुलाई स्वास्थ्य सामाग्री सहित खाद्यान्न सामग्री बितरण गरेको अध्यक्ष शम्भु बहादुर खड्काले जानकारी दिनुभयो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page