समाचार

उदयपुरको बेलका नगरपालिकामा अक्सिजन प्लान्ट जडानका लागि निर्माण कम्पनी संग सम्झौता

खगेन्द्र कार्की /
फत्तेपुर (सप्तरी), ३० जेष्ठ ।
उदयपुरको बेलका नगरपालिकाले संचालनमा ल्याउन लागेको अक्सिजन प्लान्ट निर्माण कम्पनी पिडि इन्जिनियरिङ्ग प्रालि संग सम्झौता गरेको छ । ‘अनमोल प्राण वायु, अभावमा नजाओस् कसैको आयू’भन्ने मुल नाराका साथ बेलका नगरपालिकाले संचालन गर्न लागेको अक्सिजन प्लान्ट निर्माणका लागि पिडि इन्जिनियरिङ प्रालिलाई दिने गरि सम्झौता गरेको छ । करिब २ करोड लागतमा निर्माण गर्न लागिएको अक्सिजन प्लान्टको सम्झौता भएको मिति देखि ३५ दिन भित्रमा निर्माण कार्य सम्पन्न गरि अक्सिजन उत्पादन शुरु गरिने भएको छ ।
सम्झौतामा निर्माण कम्पनी पिडि इन्जिनियरिङ प्रालिको तर्फबाट म्यानेजिङ्ग डाइरेक्टर धर्मराज पौडेल र बेलका नगरपालिकाकाको तर्फबाट नगर प्रमुख दुर्गा कुमार थापाले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।
अक्सिजन प्लान्ट जडानका लागि पहिलो किस्ताको ५८ लाख ५० हजार नगद निर्माण कम्पनी पिडि इन्जिनियरिङ प्रालिलाई सम्झौता अनुसार बेलका नगरपालिकाले भुक्तानि दिएको छ । दैनिक प्रतिघन्टा ११ सय ५० मिटर क्युबिक ३८ सिलिन्डर प्रतिदिन उत्पादन क्षमता रहेको अक्सिजन प्लान्ट जडान भएर उत्पादन सुरु भएसँगै बेलका नगरपालिका अक्सिजनमा आत्मनिर्भर हुनुका साथै उदयपुर, खोटाङ,भोजपुर ,सप्तरी सिराहा ,सुनसरी र मोरङ जिल्ला लाइ समेत अक्सिजन आपूर्ति गर्न सकिने स्थानीय गणेश बस्नेत बताउनुहुन्छ ।
पछिल्लो समय अक्सिजनको चरम अभाव भएका कारण कोरोना संक्रमितहरुले मृत्युवरण गर्नुपरेको थियो । अक्सिजन अभावकै कारण कोही पनि विरामीले मृत्युवरण गर्न नपरोस भन्ने उद्देश्यले अक्सिजन प्लान्ट जडान गर्न लागिएको बेलका नगरपालिका नगर प्रमुख दुर्गा कुमार थापाले जानकारी दिनुभयो ।
निर्माण कम्पनी पिडि इन्जिनियरिङ प्रालिका मेनेजिङ्ग डाइरेक्टर इन्जिनियर धर्मराज पौडेलले अक्सिजनको अभाव हुन नदिनको लागि सम्झौता मिति भन्दा अगाबै प्लान्टको निर्माण कार्य सकेर नगरपालिकालाई जिम्मा लगाउने बताउनुभयो ।
अक्सिजन प्लान्ट स्थापनाको लागि उदयपुरका ८ वटा स्थानिय तहमा ४ नगरपालिकाबाट प्रति नगरपालिका १० लाखका दरले र गाउँपालिकाबाट प्रति गाउँपालिका ५ लाख छिमेकी प्रदेश नम्बर २ सप्तकोसी नगरपालिका र विभिन्न संघसस्था ब्याक्तिहरुको आर्थिक सहयोगमा सन्चालन गर्न लागिएको नगर प्रमुख थापाले जानकारी दिनुभयो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page