समाज

व्यापारी दम्पत्तिलाई हत्या गरी फरार रहेका बब्लु मण्डल सात वर्षपछि पक्राउ

कञ्चनरुप । सप्तरी प्रहरीले हनुमाननगर बजारका व्यापारी दम्पत्तिलाई हत्या गरी फरार रहेका बब्लु मण्डललाई सात वर्षपछि आइतबार पक्राउ गरेको छ।
हनुमाननगर कंकालिनी नगरपालिका ९ का ५२ वर्षीया सरोजदेवी वेगवानी र उनका श्रीमान ५५ वर्षीय प्रेमसुख बेगवानीको हत्या आरोपित हनुमाननगर कंकालिनी नगरपालिका १ भारदहका ३९ वर्षीय मण्डललाई भारतबाट नेपाल आएको मौका छोपी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले बताउनुभयो।
लुटपाटको उद्देश्यले बेहोस बनाउन प्रयोग गरिएको एनेस्थेटिक इथरले काम नगरेपछि पिलास र रडले प्रहार गरेर मण्डलसहितका आरोपितले व्यापारी दम्पत्तिको २०७१ जेठ २१ गते राति हत्या गरेका थिए । हत्या पश्चात वेगवानीको घरबाट ७७ लाख ६२ हजार ४९९ रुपैयाँ बराबरको सुनचाँदीका गरगहना र नगद १० हजार रुपैयाँ धनमाल डकैती भएको थियो।
पक्राउ परेका मण्डललाई सप्तरी जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page