कृषि

सितापुरमा विभिन्न प्रजातिका दुई हजार फलफूलको बिरुवा बितरण

बृजमान तामाङ /
बिरेन्द्र बजार,२ असार ।
सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर २ स्थिति सितापुरमा बुधबार विभिन्न प्रजातिको दुई हजार फलफूलको बिरुवा बितरण गरेका छ्न् ।
डिभिजन वन कार्यालय सप्तरीको सहयोगमा वनदेवी सामुदायिक वन उपभोक्ता समिति सितापुर भुर्कीद्वारा फलफूलको बिरुवा बितरण गरिएको हो ।
वन उपभोक्ता समितिले आफू मातहतका तीन सय घरधुरी उपभोक्ताहरुलाई फलफूलको बिरुवा बितरण गरेको छ । उपभोक्ता समितिका पदाधिकारी तथा वन रक्षकको उपस्थितिमा प्रती घरधुरी आँप २, लिची १, कटहर १, अनार १ र कागती (निम्बु) १ गरि ६ वटा फलफूलको बिरुवा बितरण गरेको उपभोक्त समितिका अध्यक्ष रामपुजन चौधरीले जानकारी दिए ।

उपभोक्ताहरुलाई बितरण गरि बाँकी रहेको बिरुवा सामुदायिक बन क्षेत्रमा बृक्षा रोपण गरिने समितिका सल्लाहकार ताराकान्त चौधरीले जानकारी दिए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page