कोशी प्रदेश समाज

मेचीनगरबाट लागूऔषध २२ ग्राम ब्राउन सुगर सहित राई पक्राउ

झापा, असार ३ गते । झापाको मेचीनगरबाट लागूऔषध ब्राउन सुगर सहित एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका ६ शान्तिनगर टोलका ३४ वर्षीय पवन राई रहेका छन् ।
बिहीबार दिउसो सँवा १२ बजे लागूऔषध नियन्त्रण ब्युरो काकँडभिट्टाबाट खटिएको प्रहरी टोलीले शान्तिनगर टोल स्थितबाट लागूऔषध ब्राउन सुगर सहित राईलाई पक्राउ गरेको हो ।
प्रहरीले उनको साथबाट लागूऔषध ब्राउन सुगर २२ ग्राम फेला पारेको छ । राई उपर ईलाका प्रहरी कार्यालय काकडभिट्टा झापाबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page