अर्थतन्त्र समाचार

अग्नीसाईर कृष्णासवरन गापाको आठौ गाउँसभाबाट ५१ करोड २४ लाख २६ हजारको बजेट प्रस्तुत

बृजमान तामाङ /
बिरेन्द्र बजार, ५ असार ।
सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिकाको आठौ गाउँसभा शुक्रबार सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष पर्शुराम चौधरीको अध्यक्षतामा एक समारोहका बिच गाउँसभा सम्पन्न भएको हो ।
उपाध्यक्ष मिना चौधरीले आ.ब. २०७८/०७९को लागि पारित ५१ करोड २४ लाख २६ हजारको आयब्यय सहितको नीति तथा बजेट कार्यक्रम प्रस्तुत गरिन । प्रस्तुत नीति तथा बजेट कार्यक्रम स्थानीय सरकार संचालन ऐन २०७४ र गाउँपालिकाको बस्तुगत अबस्थालाई मुख्य रुपमा आधार बनाई नीति तथा कार्यक्रमलाई जोड दिएको छ ।
कोरोना महामारी नियन्त्रण सँगै स्वास्थ र शिक्षा तर्फ बजेटलाई प्रथामिकता दिएको छ । गाउँपालिकामा १५ शैय्याको सुबिधा सप्पन्न अस्पताल निर्माण गर्ने सहितका स्वास्थ्य क्षेत्रमा लगानी गर्ने, शिक्षा क्षेत्रको चौतर्फी बिकास गरिने गाउँपालिकाको योजना रहेको छ ।

गाउँसभामा बोल्दै गाउँपालिका अध्यक्ष पर्शुराम चौधरीले बजेटले गाउँपालिकाको बिकास र समृद्धिमा टेवा पुग्ने बिश्वास व्यक्त गरे । गाउँपालिकाले ल्याएको बजेटले ६ वटै वडालाई सम्मान ब्याबाहार गरेको दाबी गर्दै अध्यक्ष चौधरीले बजेटमाथी उठेको प्रश्नको जबाफ दिदै सभामा प्राप्त सुझावलाई समेट्ने प्रतिबद्धता व्यक्त गरे ।
वडा नम्बर ३ का अध्यक्ष अरुण चौधरीले नीति तथा कार्यक्रम उत्कृष्ट भएपनी कार्यान्वयनमा शंका व्यक्त गरे । गाउँपालिकाको कार्यसम्पादनमा भएको ढिलासुस्ती प्रती असन्तुष्टि व्यक्त गर्दै वडा अध्यक्ष चौधरीले जनताको कामलाई चुस्त र छिटो गर्ने नीतिलाई समेट्न सुझाव दिए ।
कार्यक्रममा कार्यपालिका सदस्य हिरा सिंह दनुवार, स्वास्थ्य शाखा प्रमुख जागेश्वर खड्गा, पत्रकार बृजमान तामाङले समेत शुभकामना मन्तव्य व्यक्त गरे ।

अग्नीसाईर कृष्णासवरन गाउँपालिकाका कार्यक्रम अधिकृत योगेन्द्र प्रसाद यादवद्वारा संचालित कार्यक्रममा स्वागत प्रमुख प्रशासकीय अधिकृत कमलदेव यादवले गरे ।
यसैगरी राजगढ गाउँपालिकाको समेत मंलबार गाउँ सभा संचालन गरेको छ । गाउँसभाको पहिले दिन गाउँपालिका अध्यक्ष प्रमानन्द यादवद्वारा प्रस्तुत नीति तथा कार्यक्रम सर्वसम्मत पारित गरेको राजगढ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश प्रसाद यादवले जानकारी दिए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page