कृषि

लघु उद्यम विकास कार्यक्रम अन्तरगत पाँच दिने बेमौसमी तरकारी खेती शिप तालिम सम्पन्न

उत्सव आचार्य /
कञ्चनरुप
(सप्तरी), ५ असार । लघु उद्यम विकास कार्यक्रम कञ्चनरुप नगरपालिकाको आयोजनामा गरिबी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम अन्तरगत पाँच दिने बेमौसमी तरकारी खेती शिप विकास तालिम शनिवार वडा नम्बर ३ को बरमझीयामा सम्पन्न भएको छ ।
तालिम समापन कार्यक्रममा बोल्दै नगर उपप्रमुख निरु पोखरेलले परम्परागत रुपमा गरिने खेतीलाई परिवर्तन गरी आधुनिक तरिकाले खेती गरेमा त्यसबाट बढी फाइदा लिन सकिने बताउनुभयो । उहाँले तालिममा सिकेका कुरालाई आफैंले आयआर्जन गर्ने क्षमतामा बृद्धि गरी यसको सदुपयोग हुन आवश्यक रहेको समेत बताउनुभयो ।

प्रमुख प्रशासकिय अधिकृत नवराज खडकाले तालिममा सिकेका कुरालाई व्यवहारमा उतारी आफ्नो जीवनमा परिवर्तन ल्याउने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले अत्याधिक मात्रामा रासायनिक मलको प्रयोगले गर्दा खेतीयोग्य जमिनको उर्वराशक्ति ह्रास हुँदै गएकाले प्राविधिकको सल्लाह अनुसार माटोको परीक्षण गराई मलको प्रयोग गर्न सुझाव समेत दिनुभयो ।

वडा नम्बर ३ का वडा सदस्य ओमप्रकाश साह, शिक्षा शाखाका संयोजक ललित नारायण यादव, प्रेस सल्लाहकार उत्तम आचार्य सहभागीको तर्फबाट ललिता चौधरी र सोस्तिका चौधरी लगायतका वक्ताहरुले सामूहिक रुपमा विषादि रहित खेती गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
१३ जना महिला सहभागी तालिममा कृषि प्राविधिक बेचन सढोक यादव र राधिका चौधरीले सहजीकरण गर्नुभएको थियो । लघु उद्यम विकास कार्यक्रमकी संयोजक चाँदनी लेखिद्वारा सञ्चालित कार्यक्रमको अध्यक्षता वडा नम्बर ३ का वडा अध्यक्ष सत्यनारायण साहले गर्नुभएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page