स्वास्थ्य

आज २ हजार ४४२ जना कोरोना संक्रमित थपिए, ३४५६ जना संक्रमणबाट निको भए

काठमाडौं । नेपालमा आज थप २ हजार ४ सय ४२ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६६७७ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १४२१ र ४२४९ एन्टिजेन परीक्षणमा १०२१ जना गरी २४४२ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै देशमा संक्रमितको संख्या ६ लाख २२ हजार ७७ पुगेको छ ।
गत २४ घण्टामा ३४५६ जना कोरोना संक्रमणबाट निको भएको मन्त्रालयले जनाएको छ । हालसम्म ५६ हजार ७ सय ९८ जना संक्रमणमुक्त भएका छन् ।
आज थप ५१ जनाको मृत्यु भएको छ ।
नेपालमा हाल ५५५३२ जना सक्रिय संक्रमित रहेका छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page