कञ्चनरुप , ७ असार । प्रगती टोल विकास संस्था कञ्चनरुप १२ रुपनगर प्रगति टोल सप्तरीले सोमबार संस्थाका सह सचिव स्व. वृष नारायण श्रेष्ठको निधन भएको ९ औं दिनको पूण्य तिथिमा श्रेष्ठकै निवासमा गएर श्रद्धाञ्जली कार्यक्रम गरेको छ ।
श्रद्धाञ्जली कार्यक्रममा बोल्दै वडा नम्बर १२ का वडा अध्यक्ष देवि बहादुर खत्रीले स्व. श्रेष्ठको निधनले एक इमान्दार विकास प्रेमी व्यक्तित्त्व गुमाउनु पर्दा सिङ्गो वडालाई क्षति पुगेको बताउनुभयो ।
प्रेस चौतारी नेपाल सप्तरी शाखाका सचिवालय सदस्य उत्तम प्रसाद आचार्यले स्व. श्रेष्ठ विकास प्रति विशेष रुचि राख्ने , सामाजिक व्यक्तित्व, नेकपा एमालेको निष्ठावान कार्यकर्ता रहेको स्मरण गराउँदै उहाँको निधनले सिङ्गो समाजलाई अपुरणीय क्षति पुगेको बताउँदै उहाँले छोडेर जानुभएको अधुरा सपनालाई हामीले पुरा गरेर मात्र उहाँ प्रति सच्चा श्रद्धाञ्जली दिएको ठहरिने कुरा बताउनु भयो ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/06/197434445_836657450561870_1014504730402030433_n.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/06/197434445_836657450561870_1014504730402030433_n.jpg)
आचार्यले स्व. श्रेष्ठ प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै सोक सन्तप्त परिवार जन प्रति गहिरो समवेदना समेत प्रकट गर्नुभएको थियो ।
संस्थाका सचिव राम प्रसाद खतिवडा, सदस्य कृष्ण प्रसाद निरौला लगायतका वक्ताहरुले स्व. श्रेष्ठको निधनले समाजलाई अपुरणीय क्षति पुगेको बताउनु भएको थियो ।
प्रगति टोल विकास संस्थाका अध्यक्ष हेम प्रसाद अधिकारीको अध्यक्षतामा कार्यक्रम सम्पनन भएको थियो ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/06/201870617_355154612629033_7157450308138730844_n.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/06/201870617_355154612629033_7157450308138730844_n.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
Add Comment