समाज

सप्तरीमा गोठाला गएकी ९ वर्षीया बालिका हत्याका दुई जना आरोपित पक्राउ

राजविराज ,७ असार । सप्तरीमा गोठाला गएकी एक बालिकासँग यौन दुव्र्यवहार गरेपछि हत्या गरेको आरोपमा प्रहरीले डाक्नेश्वरी नगरपालिका–३ हटेलका १९ वर्षीय रोहितकुमार यादवलाई पक्राउ गरेको छ ।
गत शुक्रबार हँसियाले घाँटी काटेर हत्या गरिएको अवस्थामा हटेलका रामउदगार यादवकी छोरी ९ वर्षीया शिवानी कुमारीको शव फेला परेको थियो ।
पक्राउ परेका यादवको वयान लगत्तै सोमबार प्रहरीले सोही ठाउँका उनका साथी राजु यादवलाई समेत पक्राउ गरी अनुसन्धान थालेको छ ।
पक्राउ परेका दुबैजनालाई इलाका प्रहरी कार्यालय कल्याणपुरको हिरासत कक्षमा राखेर गहिरो अनुसन्धान भइरहेको एसपी राजेन्द्रप्रसाद धमलाले बताउनुभयो ।
बालिकाको घाँटी काटिएको शव घोप्टो परेको अवस्थामा फेला परेको र हत्यामा प्रयोग भएको हँसिया बालिकाको दुई खुट्टाको बीचमा गाडिएको र हत्या गरेको स्थानबाट शवलाई दुई मिटर माथि घिसारेर लगेको चिन्ह देखिएको प्रत्यक्षदर्शीले बताए ।
मृतक परिवारका सदस्यका अनुसार बाख्रा चराउन र घाँस काटनसँगै गएकी पाँच वर्षीया बहिनीलाई शिवानीले सिमसिमे पानी पर्न थालेपछि घर पठाइन । उनकी बहिनीले बताए अनुसार शिवानी भने फूलबारीमा हावाले झारेको आँप टिप्न लागिन् ।
अनुसन्धानका क्रममा बालिका पछ्याइरहेका रोहितले फूलबारीमा नियन्त्रणमा लिई लछारपछार पारेको र यौन दुव्र्यवहार गरेको देखिएको छ । आरोपितले समेत बलात्कार गरेको तर विर्य स्खलन बाहिर भएको बताएका छन् ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शनिबार भएको शवको पोष्टमार्टम रिपोर्ट आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page