कञ्चनरुप (सप्तरी) , ८ असार । कञ्चनरुप नगरपालिका स्वास्थ्य शाखा कञ्चनपुर सप्तरीको आयोजनामा मंगलवार फूलबारी रिसोर्ट रुपनगरमा पालिका स्तरीय खोप तथा सरसफाइ प्रवद्धन कार्यक्रमको समिक्षा सुक्ष्म योजना अध्यावधिक र पालिका खोप समन्वयन समितिको दुई दिने अभिमूखिकरण गोष्ठि सम्पन्न भएको छ ।
सो कार्यक्रममा बोल्दै नगर प्रमुख बसन्त कुमार मिश्रले कमिकम्जोरीलाई सच्याउँदै आजको कामलाई भोली नभनि काम गरेमा अवश्य राम्रो सफलता प्राप्त गर्न सकिने बताउनुभयो ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/06/198229795_515486629795355_4846105496064560765_n.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/06/198229795_515486629795355_4846105496064560765_n.jpg)
नगरपालिका स्वास्थ्यकर्मीहरुको साथमा रहेको हुँदा स्वास्थ्यकर्मीहरुले निर्धक्कसँग राम्रो काम गर्नुपर्नेमा जोड दिदै ,स्वास्थ्यकर्मी कैसा कञ्चनरुप नगरपालिकाका स्वास्थ्यकर्मी जैसा, भन्ने किसिमले स्वास्थ्यकर्मीले काम गर्नुपर्ने बताउनुभयो ।
उप प्रमुख निरु पोखरेलले सिकेका कुरालाई व्यवहारमा उतारेर काम गरेमा स्वास्थ्य क्षेत्र अवश्य राम्रो हुने बताउनुभयो ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/06/196703183_342165317361645_6549627405850047423_n.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/06/196703183_342165317361645_6549627405850047423_n.jpg)
१२ नम्बरका वडा अध्यक्ष देवी बहादुर खत्रीले स्वास्थ्य क्षेत्रलाई राम्रो बनाउनका लागि बढी मेहेनत गर्नु पर्ने बताउनुभयो ।
स्वास्थ्य शाखाका संयोजक जनस्वास्थ्य अधिकृत रामसेवक यादव, सुरेन्द्र प्रसाद यादव, पोषण कार्यक्रमकी सहजकर्ता सुशिला चौधरी , गोष्ठिमा सहभागी स्वास्थ्यकर्मीहरुले स्वास्थ्य क्षेत्रको सुधारका लागि कुनै पनि कसर बाँकी नराखी काम गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको थियो ।
स्वास्थ्य शाखाका स–संयोजक सिअहेव अधिकृत डम्बर प्रसाद गुप्ताले सुनौलो हजार दिनका बारेमा स्वास्थ्यकर्मीहरुले खेल्नु पर्ने भूमिकाका बारेमा जानकारी गराउँदै नगरपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनपुरमा आँखाको उपचार , दाँतको उपचार, कुकुरले टोकेको उपचार, चाडै सर्पदंशकको उपचार सञ्चालन गर्न स्विकृति प्राप्त भइसकेको, स्वास्थ्य बिमा गरेकाहरुका लागि सबै प्रकारका औषधी उपलब्ध हुने भएकाले सबै जनतामा जानकारी गराउन सहभागी स्वास्थ्यकर्मीहरुलाई अनुरोध गर्नुभयो ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/06/202349588_4073990442670429_1980467447547980049_n.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/06/202349588_4073990442670429_1980467447547980049_n.jpg)
गोष्ठिमा स्वास्थ्य संस्थाका प्रमुखहरुले पेश गर्नुभएको खोप योजना अनुसार पारित हुनेगरी आगामी आ.व. २०७८,२०७९ श्रावणदेखि लागू गर्ने र सो को जानकारी सम्बन्धित माथिल्लो निकायमा पठाउने समेत निर्णय भएको गुप्ताले बताउनु भयो ।
वडा अध्यक्षहरु, कार्यपालिकाका सदस्यहरु, स्वास्थ्य संस्थाका प्रमुखहरु, स्वास्थ्यकर्मीहरु सहभागी दुई दिने गोष्ठिमा जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका जनस्वास्थ्य अधिकृत कपिल देव साहले सहजीकरण गर्नुभएको थियो । नगर प्रमुख बसन्त कुमार मिश्रको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/06/200248780_242059983994035_7804677764279637200_n.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/06/200248780_242059983994035_7804677764279637200_n.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/06/196530667_301968661707950_3641648237625811528_n.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/06/196530667_301968661707950_3641648237625811528_n.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/06/197719441_323557762709576_5508460819165465374_n.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/06/197719441_323557762709576_5508460819165465374_n.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/06/196852937_1179334185848256_9197642040685755866_n-1024x576.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/06/196852937_1179334185848256_9197642040685755866_n-1024x576.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
Add Comment