राष्ट्रिय

अन्तर्राष्ट्रिय उडान भोलि बिहीबारबाट शुरु हुने ;आन्तरिक उडान असार १७ गतेबाट सञ्चालन

काठमाडौं । अन्तर्राष्ट्रिय उडान भोलि बिहीबारबाट शुरु हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जुन ३० सम्मका लागि उडान तालिका सार्वजनिक गरेको छ । जारी सूचना अनुसार भोलि नेपाल एयरलाइन्सले कतारको दोहा र टर्कीस एयरलाइन्सले इस्तानबुलबाट उडान गर्ने छ ।
यसैगरी आन्तरिक उडान असार १७ गतेबाट पुनः सञ्चालनमा ल्याउने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उडान खुलाउने निर्णय गरेकोमा पर्यटन मन्त्रालयले मिति तोकेको हो ।
कोरोना भाइरसको जोखिमलाई दृष्टिगत गरी निषेधाज्ञा १६ वैशाखदेखि जारी भएपछि आन्तरिक उडान बन्द गरिएको थियो । निषेधाज्ञा खुकुलो पार्ने निर्णयसँगै आन्तरिक उडान सुचारु गर्ने निर्णय भएको हो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page