स्वास्थ्य

आज थप २ हजार ४२१ संक्रमित थपिए, ३ हजार ५५८ जना डिस्चार्ज, ८१ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप दुई हजार ४ सय २१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
७ हजार ४ सय ६१ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ५ सय ११ जना तथा ४ हजार ९ सय ५३ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९ सय दश जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
आज थप तीन हजार ५ सय ५८ जना सङ्क्रमणमुक्त भएका छन् । अहिलेसम्म ९०.२ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण ८१ जनाको मृत्यु भएको छ । यो सँगै कोरोना सङ्क्रमणका कारण ८ हजार ८ सय ९४ जनाको मृत्यु भइसकेको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page