स्वास्थ्य

७ दिने स्वास्थ्यकर्मीहरुको बृहत पोषण प्याकेज तालिम सुरु

कञ्चनरुप (सप्तरी) । सप्तरीको कञ्चनरुप नगरपालिका स्वास्थ्य शाखा कञ्चनपुरको आयोजनामा शुक्रबारबाट नव दुर्गा महिला सहकारीको सभाहलमा ७ दिने स्वास्थ्यकर्मीहरुको बृहत पोषण प्याकेज तालिम सुरु भएको छ ।
सो कार्यक्रममा बोल्दै नगर प्रमुख बसन्त कुमार मिश्रले स्वास्थ्यकर्मीहरुका लागि बृहत पोषण प्याकेज तालिम अतिनै महत्त्वपूर्ण रहेको हुँदा तालिममा राम्रो ज्ञान हाँसिल गरी समुदायमा गएर पोषणका बारेमा जनचेतना फैलाउनु पर्ने बताउनुभयो ।
स्वास्थ्य शाखाका संयोजक जनस्वास्थ्य अधिकृत रामसेवक यादवले सुनौलो हजार दिनका आमा र बच्चालाई पोषणयुक्त खानेकुराहरु खुवाउन अतिनै आवश्यक रहेकोले स्वास्थ्यकर्मीहरुले ध्यान दिएर लालिममा राम्रो ज्ञान हासिल गरि त्यसलाई व्यवहारमा उतार्न समेत अनुरोध गर्नुभयो ।

स्वास्थ्य शाखाका सुरेन्द्र प्रसाद यादव, पोषण कार्यक्रमकी सहजकर्ता सुशिला चौधरी लगायतका वक्ताहरुले आ आफ्नो विचार प्रस्तुत गर्नुभएको थियो ।
स्वास्थ्य शाखाका ससंयोजक सिअहेव अधिकृत डम्बर प्रसाद गुप्ताले कार्यक्रमको उदेश्यका बारेमा जानकारी गराउनुभएको थियो । नगर भरिका स्वास्थ्यकर्मीहरु सहभागी तालिममा जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका जनस्वास्थ्य अधिकृत कपिलदेव साहले सहजीकरण गर्नुभएको थियो भने प्रमुख प्रशासकिय अधिकृत नवराज खडकाको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page