कृषि

अग्नीसाईर कृष्णासवरन गाउँपालिकालाई प्रदेश नं.२ को पहिलो अर्गानिक गाउँपालिका बनाउने लक्ष्य

कञ्चनरुप । अग्नीसाईर कृष्णासवरन गाउँपालिकाको सहयोगमा र स्पाईरल फार्म हाउसको आयोजनामा गाउँपालिकाका किसानहरुलाई अर्गानिक खेती तर्फ आकर्षित गर्नका लागि ६ वटै वडाहरुमा ३ दिने बायोडायनामिक अर्गानिक खेति प्रवद्र्धन कार्यक्रम सम्पन्न भएको छ ।
वडा नं. ६ मा संचालन भएको ३ दिने कार्यक्रमको समापन तथा सहभागि किसानहरुलाई प्रमाणपत्र वितरण कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि अग्नीसाईर कृष्णासवरन गाउँपालिका अध्यक्ष परशुराम चौधरीले तालिममा सहभागि किसानहरुलाई प्रमाण पत्र वितरण गर्दै अर्गानिक खेति स्वास्थ्यको लागि र आउने पुस्ताका लागि महत्वपूर्ण रहेकोले किसानहरुले तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्न आग्रह गर्दै भन्नुभयो “यदि तपाई किसानहरुले साथ र सहयोग दिनुभयो भने हामीले यस गाउँपालिकालाई प्रदेश नं.२ को पहिलो अर्गानिक गाउँपालिका बनाउन आवश्यक कार्यक्रम ल्याउने छौं”।

उहाँले कार्यक्रम आयोजक फार्म हाउसका डाईरेक्टर सुदर्शन चौधरी लगायत उहाँको टिमका साथीहरुले अर्गानिक खेतिमा गरेको मेहनतको प्रशंसा गर्दै उहाँहरुको पटक पटकको आग्रह र प्रयासले यस्तो महत्वपूर्ण कार्यक्रम गाउँपालिकालाई बनाउन लगाएकोमा धन्यबाद समेत दिनुभयो ।
कार्यक्रम गाउँपालिकाको ६ वटै वडाहरुमा संचालन गरिएको थियो । जसमा प्रत्येक वडामा ३०÷३० जना कृषकहरु गरी १८० जना भन्दा बढी कृषकहरु सहभागि भएको आयोजक संस्थाका डाईरेक्टर चौधरीले जानकारी गराउनु भयो ।
कार्यक्रममा किसानहरुलाई अर्गानिक खेतिको आवश्यकता, महत्व, अर्गानिक तरिकाबाट रोगकिराको नियन्त्रण तथा अर्गानिक खेति कसरी गर्ने बिषयमा जानकारी गराईएको थियो ।

समापन कार्यक्रममा स्थानीय शिक्षक रमानन्द लेखी, रतवाला विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवकान्त चौधरी र वडा नं.६ का सदस्य धनजीत प्रसाद चौधरी लगायतकाले सहभागि किसानहरुलाई शुभकामना दिनुभएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page