स्वास्थ्य

आज ४ हजार ३४८ जना कोरोना सङ्क्रमणमुक्त ,थप २ हजार ६ सय ३६ जना संक्रमित,२० जनाको मृत्यु

काठमाडौं । नेपालमा आज कोरोना भाइरसबाट २ हजार ६ सय ३६ जना संक्रमित भएका छन् ।
७ हजार २ सय ५९ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार ७ सय २८ जना तथा ४ हजार ४ सय ८९ वटा नमुनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ९ सय ८ जना गरी जम्मा २ हजार ६ सय ३६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै २४ घण्टामा थप ४ हजार ३ सय ४८ जना कोरोना सङ्क्रमणबाट निको भएर घर फर्किएका छन् । यो सँगै कोरोना सङ्क्रमणबाट अहिलेसम्म ५ लाख ९२ हजार ५ सय ३५ जना निको भएका छन् ।
आज कोरोना सङ्क्रमणबाट थप २० जनाको मृत्यु भएको छ । यो सँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ९ हजार ७१ पुगेको मन्त्रालयले जनाएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ३१० रहेको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page