कृषि

सामुहिक रुपमा आधुनिक तरिकाले खेती गरेमा त्यसबाट बढी लाभ लिन सकिने :उपप्रमुख पोखरेल

उत्तम आचार्य /
कञ्चनरुप (सप्तरी), १५ असार ।
पिप्रा महिला खाद्यान्न बालि पकेट सञ्चालक समन्वय समिति कञ्चनरुप–५ पिप्रापूर्व सप्तरीले मंगलवार आयोजना गरेको धान उत्पादनमा बृद्धि खाद्यसुरक्षा, आत्मनिर्भरता र समृद्धि भन्ने नाराका साथ १८ औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव २०७८ लाई कञ्चनरुप नगरपालिकाकी नगर उपप्रमुख निरु पोखरेलले धान रोपेर उद्घाटन गर्नुभयो ।
सो कार्यक्रममा बोल्दै उपप्रमुख पोखरेलले सामुहिक रुपमा आधुनिक तरिकाले खेती गरेमा त्यसबाट बढी लाभ लिन सकिने बताउनुभयो । उहाँले किसानहरुले मल र किटनासक औषधीको समस्या झल्नु नपर्ने बताउँदै नगरपालिकाले किसानको हितमा का मगर्ने र मलखाद र किटनाशक औषधीको प्रयाप्त रुपमा व्यवस्था मिलाएको कुराको समेत जानकारी गराउनुभयो ।

प्रमुख प्रशासकिय अधिकृत नवराज खडकाले नेपाल कृषि प्रधान देश भएकाले नगरपालिकाले किसानका पिरमर्कालाई बुझि किसानका हितमा का मगर्ने बताउनुभयो ।
वडा नम्बर–६ र ७ का वडा अध्यक्षद्वय मो. जिवरील, हरिकृष्ण महतो, कृषि विकास शाखाका बेचन सढोक यादव लगायतका वक्ताहरुले कृषि क्षेत्रको विकास भए मात्र नगरको विकास हुने बताउनुभयो ।

सोही अवसरमा नगर उपप्रमुख निरु पोखरेलले पिप्रा महिला खाद्यान्न बालि पकेट सञ्चालक समन्वय समितिलाई प्रधानमन्त्री कृषि आधुनिककरण परियोजना कार्यक्रम अन्तर्गत साना व्यवसायिक उत्पादन केन्द्र पकेट सञ्चालन कार्यक्रमको लागि कञ्चनरुप नगरपालिकाबाट पचास प्रतिशत अनुदानमा पावर टिलरको चावी समितिको अध्यक्ष रिंकु सिंहलाई हस्तान्तरण गर्नुभएको थियो ।
समितिका अध्यक्ष रिंकु सिंहको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page