स्वास्थ्य

कञ्चनरुपको १२ वटै वडामा ९ दिने नगर पोषण स्कृनीङ अभियान सुरु

उत्तम आचार्य /
कञ्चनरुप, १८ असार ।
सप्तरीको कञ्चनरुप नगरपालिका बहुक्षेत्रिय पोषण इकाई कञ्चनरुप सप्तरीले शुक्रबारबाट ९ दिने नगर पोषण स्कृनीङ अभियान सुरु गरेको छ ।
स्वास्थ्य चौकि कञ्चनरुप ३ बरमझियामा नगर प्रमुख बसन्त कुमार मिश्र र उप प्रमुख निरु पोखरेलले संयुक्त रुपमा बच्चाको तौल लिएर अभियानको उद्घाटन गर्नुभएको थियो ।
सो कार्यक्रममा बोल्दै नगर प्रमुख मिश्रले बालमैत्री नगर घोषणा भएको नगर भएकाले नगरपालिकाले बालबालिकाको विकासका लागि काम गरिरहेको बताउनुभयो । खास गरी आमाले आफ्नो बालबालिकाको स्वास्थ्य र शिक्षामा विशेष ध्यान पुर्याउनु पर्ने र सुनौलो हजार दिनका बच्चा र आमाको स्वास्थ्य र पोषणयुक्त खानेकुरामा विशेष ध्यान पुर्‍याउन आवश्यक रहेको बताउनु भयो ।

उपप्रमुख पोखरेलले नगरपालिकाले आ.व.०७८/०७९ भित्र नगरलाई कुपोषणमुक्त नगर बनाउने लक्ष्य राखि उनीहरुको बृद्धि विकासका लागि कार्यक्रम समेत समावेश गरेको बताउनुभयो । उहाँले बालबालिकाको स्वास्थ्य राम्रो भएन भने बौद्धिक तथा शारिरीक विकास राम्रो हुन नसक्ने भएकाले बालबालिकाको स्वास्थ्य राम्रो बनाउन सबै पक्ष लाग्नुपर्ने बताउनुभयो ।

स्वास्थ्य शाखाका सह-संयोजक सिअहेव अधिकृत डम्बर प्रसाद गुप्ताले नगरलाई कुपोषण मुक्त नगर गर्ने उदेश्यका साथ गरिएको यस अभियानलाई सफल बनाउन सबैमा आग्रह गर्नुभयो ।
प्रमुख प्रशासकिय अधिकृत नवराज खडका, स्वास्थ्य शाखाका सुरेन्द्र प्रसाद यादव, पोषण कार्यक्रमकी सहजकर्ता सुशिला चौधरी लगायतका वक्ताहरुले आ.व.०७८/०७९ भित्र नगरलाई कुपोषणमुक्त बनाउने नगरपालिकाको लक्ष्य रहेको हुँदा यस अभियानमा सहयोग पुर्‍याउन सम्पूर्ण नगरबासीलाई अनुरोध गर्नुभयो ।
यस अभियानमा ६ महिना देखि ५ वर्षमुनिका सबै बालबालिकाको तौल लिने, पाखुराको नाप लिने, बालभिटा खुवाउने , कुपोषण भएकालाई उपचार खाना आरओटियफ खुवाउने, किशोरीहरुलाई आइरन चक्कि खुवाउने स्वास्थ्य शाखाले जनाएको छ ।

अभियान वडा नम्बर १ देखि १२ वटै वडामा आजैबाट एकै चोटि सुरु भएको हो । कार्यक्रमका उदेश्यका बारेमा स्वास्थ्य शाखाका संयोजक जनस्वास्थ्य अधिकृत रामसेवक यादवले जानकारी गराउनु भएको थियो भने वडा नम्बर ३ का वडा अध्यक्ष सत्यनारायण साहको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page