स्वास्थ्य

कुपोषण मुक्त नगर घोषणाका लागि आजबाट नगर पोषण स्कृनीङ अभियान सञ्चालन

कञ्चनरुप । कञ्चनरुप नगरपालिकालाई कुपोषण मुक्त नगर घोषणा गर्नको लागि स्वास्थ्य शाखा कञ्चनरुप सप्तरीले आज (शुक्रबार) बाट नगर पोषण स्कृनीङ अभियान सञ्चालन गरेको छ ।
स्वास्थ्य शाखामा सञ्चाकर्मी उत्तम आचार्यसँग कुरा गर्दै स्वास्थ्य शाखाका सह संयोजक सिअहेव अधिकृत डम्बर प्रसाद गुप्ताले सो कुरा बताउनु भएको हो ।

अभियान २०७८ साल असार १८ गते शुक्रबार देखि असार २६ गते शनिवार सम्म नगरपालिकाका सबै वडामा सञ्चालन गरिने गुप्ताले बताउनुभयो ।
सो अभियानमा ६ महिना देखि ५ वर्षमुनिका बालबालिकाको तौल लिने, पाखुराको नाप लिने, बालभिटा खुवाउने भएकाले आआफ्नो वडामा सबै बालबालिकालाई लगि मौकाको फाइदा उठाई नगरलाई कुपोषण मुक्त बनाउने अभियानलाई सफल बनाउन सबै अभिभावकहरुलाई गुप्ताले अनुरोध समेत गर्नुभएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page