स्वास्थ्य

दलित सरोकार मञ्चद्वारा सप्तरी र सिरहाका दुई स्थानिय तहलाई स्वास्थ्य सामग्री हस्तान्तरण

कञ्चनरुप , १८ असार । कोरोना भाइरस कोभिड १९ बाट जोगिनका लागि दलित सरोकार मञ्च नेपाल कञ्चनरुप–८,सप्तरीको समन्वयमा चुजी च्यारिटी फाउण्डेशन ताइवानको सहयोगमा शुक्रबार स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।
एक समारोहका बीच कञ्चनरुप नगरपालिकाका नगर प्रमुख वसन्त कुमार मिश्रलाई १० लिटरको अक्सीजन कन्सट्रेटर २ थान, पिपिई सेट एक हजार, एन ९५ माक्स ५ हजार,मेडिकल माक्स १० हजार, ग्लोबस १० हजार, ५ लिटरको सेनिटाईजर ४० जार, प्लस अक्सिमिटर एक सय थान लगायतका समाग्रहीहरु उपलब्ध गरिएको दलित सरोकार मञ्चका कार्यकारी निर्देशन भोला पासवानले बताउनुभयो ।
निर्देशक पासवानका अनुसार यो महिना भित्र नगरपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा एक थान भेन्टिलेटर,एक थान भिडियो एक्सरे र एक थान डिजिटल एक्सरे हस्तान्रण गर्ने बताउनुभयो ।

स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा कञ्चनरुप नगरपालिका प्रमुख वसन्तकुमा मिश्रले अहिलेसम्मकै सबभन्दा ठूलो स्वास्थ्य सामग्री सहयोग गरेकोमा सहयोगी संस्था र समन्वय गर्ने मञ्चलाई विशेष धन्यवाद दिनुभएको थियो । दाताबाट प्राप्त स्वास्थ्य सामग्रीलाई पार्दशि तरिकाले कोरोना नियन्त्रण कार्यमा प्रयोग गर्ने नगर प्रमुख मिश्रले प्रतिबद्धता जनाउनुभयो ।
‘ जनताको अधारभूत स्वास्थ्य जाँचका लागि भिडियो एक्सरे, डिजिटल एक्सरे र सर्प दंश सेवा संचालनका लागि भेन्टिलेटर सहयोगले धेरै ठूूलो सहयोग भएको छ ।’ नगरप्रमुख मिश्रले कोरोनाको दोस्रो लहरमा सप्तरीका पालिकाहरु मध्ये सबभन्दा बढी संक्रमित र मृत्युु हुने संख्या कञ्चनरुप नगरपालिकामा भएकाले अगामी दिनमा पनि थप सर्तकता अपनाउनका लागि स्वास्थ्य सामग्रीले महत्वपूर्ण योगदान हुने बताउनुभयो ।
कार्यक्रममा नगर उपप्रमुख निरु पोखरेल, प्रमुुख प्रशासकीय अधिकृत नवराज खडका,प्रशासन फाटका संयोजक राजेश यादब,स्वाथ्य शाखाका संयोजक रामसेवक यादब,सह–संयोजक डम्बर प्रसाद गुप्ता ,दलित सरोकार मञ्चका कार्यक्रम संयोजक सुनिल सरवरिया,जिल्ला संयोजक राजकुुमार पासवान,लेखाअधिकृत अमित गुप्ता,बालकुुमारी चौधरी,कार्यक्रम सहायक अनिताकुमारी खंग,पत्रकार राजकुुमार साह,डम्बर राई,उत्तम अर्चाय लगायतको सहभागिता रहेको थियो ।

त्यसैगरी बिहिबार दलित सरोकार मञ्च सप्तरीले कर्जन्हा नगरपालिकालाई करिब ८० लाख बराबरको स्वास्थ्य संग सम्बन्धीत विभिन्न समाग्रीहरु उपलब्ध गराएको छ ।
कर्जन्हा नगरपालिकाका नगर प्रमुख गंगा पासमानले स्वास्थ्य सामग्री उपलब्ध गराइदिन आग्रहगरेकाले सोही बमोजिम दलित सरोकार मञ्चका कार्यकारी निर्देशक भोला पासमानको अगुवाई गरि चुजी फाउनडेसन ताइवानको सहयोगमा अक्सीजन कन्सट्रेटर २० थान, ऐन्टीजेन टेस्ट किट २५ सय, पिपिई सेट ५ सय, एन ८५ माक्स १ हजार पिस, मेडिकल माक्स १० हजार, २५ सय ग्लोबस, ५ लिटरका सेनिटाईजर ५० जार,प्लस अक्सिमिटर ५० थान,थमएल गन ५० थान लगायत समाग्रहीहरु उपलब्ध गराइएको कर्जन्हा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत जगदिश मण्डलले जानकारी दिनुभयो ।
चुजी फाउण्डेसनले दलित गरिबको नगरपालिका रहेको भन्दै कर्जन्हा नगरपालिकालाई ठूलो मात्रामा राहतका समाग्री र स्वास्थ्य समाग्रीहरु उपलब्ध गराइरहेको सहयोगी संस्थालाई प्रसंसा पत्र दिदै थप सहयोग गर्न नगर प्रमुख पासमानले आग्रह गर्नुभएको थियाो ।
नगरपालिकामा आएका सम्पुर्ण स्वास्थ्य समाग्री र राहतहरु आमजनसमुदायमा परदर्शी रुपमा प्रभावकारी ढंगले वितरण हुने नगर प्रमुख पासमानले जानकारी दिनुभयो ।
छिटै थप ४५ सय दलित परिवारहरुको लागि राहत आइरहेको हुँदा वितरणको कार्यपनि छिटै हुने विश्वास व्यक्त गर्नुभयो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page