स्वास्थ्य

७ दिने स्वास्थ्यकर्मीहरुको बृहत पोषण प्याकेज तालिम सम्पन्न

कञ्चनरुप । सप्तरीको कञ्चनरुप नगरपालिका स्वास्थ्य शाखा कञ्चनपुरको आयोजनामा बिहीबार नव दुर्गा महिला सहकारीको सभाहलमा ७ दिने स्वास्थ्यकर्मीहरुको बृहत पोषण प्याकेज तालिम सम्पन्न भएको छ ।
सो कार्यक्रममा बोल्दै स्वास्थ्य शाखाका संयोजक जनस्वास्थ्य अधिकृत रामसेवक यादवले स्वास्थ्य क्षेत्रलाई राम्रो बनाउनका लागि स्वास्थ्यकर्मीहरुको महत्त्वपूर्ण भूमिका रहने भएकाले सोही अनुसार स्वास्थ्यकर्मीहरुले काम गर्नुपर्ने बताउनुभयो ।
स्वास्थ्य शाखाका स-संयोजक सिअहेव अधिकृत डम्बर प्रसाद गुप्ताले स्वास्थ्यकर्मीहरुले सुनौलो हजार दिनको महत्वका बारोन र कुपोषण हुनबाट जोगाउन पोषण आहाराको किन आवश्यक छ भन्ने बारेमा जनमानसमा बुझाउन आवश्यक रहेको बताउनुभयो ।

प्रेस सल्लाहकार उत्तम आचार्यले स्वास्थ्य क्षेत्रलाई राम्रो बनाउन स्वास्थ्यकर्मीहरुले खेल्नुभएको भूमिकाको प्रशंसा गर्दै स्वास्थ्य षेत्रलाई अझ राम्रो बनाउन कडा किहिनेत आवश्यक रहेको बताउनुभयो । उहाँले स्वास्थ्य शाखाले गरेको राम्रो कामको बारेमा स्वास्थ्यकमीहरुले गाउँ समाजमा प्रचार प्रसार गर्नुपर्नेमा जोड दिनुभयो ।
सहभागीको तर्फबाट स्वास्थ्यकर्मीद्वय सुविज्ञा खतिवडा र चन्द्र नारायण यादवले सकारात्मक सोचका साथ हातेमालो गरेर अभियानलाई सफल पार्नुपर्ने बताउनुभयो ।

स्वास्थ्य शाखाका सुरेन्द्र प्रसाद यादव, पोषण कार्यक्रमकी सहजकर्ता सुशिला चौधरी लगायतका वक्ताहरुले आ आफ्नो विचार प्रस्तुत गर्नुभएको थियो ।
नगर भरिका स्वास्थ्यकर्मीहरु सहभागी तालिममा जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका जनस्वास्थ्य अधिकृत कपिलदेव साहले सहजीकरण गर्नुभएको थियो भने स्वास्थ्य शाखाका संयोजक जनस्वास्थ्य अधिकृत रामसेवक यादवको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page