समाचार

राष्ट्रिय माध्यमिक विद्यालय कञ्चनरुप ३ बनरैत टोललाई कम्प्युटर हस्तान्तरण

कञ्चनरुप । कञ्चनरुप नगरपालिका वडा नम्बर ३ ले शुक्रबार वडा कार्यालय बरमझियामा राष्ट्रिय माध्यमिक विद्यालय कञ्चनरुप ३ बनरैत टोललाई कम्प्युटर हस्तान्तरण गरिएको छ ।
नगर प्रमुख बसन्त कुमार मिश्रले विद्यालयका प्रधानाध्यापक कृष्ण यादवलाई कम्प्युटर हस्तान्तरण गर्नुभएको थियो ।
सो कार्यक्रममा बोल्दै नगर प्रमुख मिश्रले गुणस्तरीय शिक्षा र क्षमतावान विद्यार्थी बनाउन सबैले ध्यान दिनुपर्ने बताउनुभयो । अहिलेको युग प्राविधिक युग भएकाले प्राविधिक शिक्षाको लागि सबैले जोड दिनुपर्ने बताउनुभयो ।

उप प्रमुख निरु पोखरेल, प्रमुख प्रशासकिय अधिकारी नवराज खडकाले कोरोनाका कारण शिक्षा क्षेत्र बढी प्रभावित भएकाले अभिभावकलाई शिक्षाको महत्त्वको बारेमा जनचेतना फैलाउन आवश्यक रहेको बताउनुभयो ।
आ.व. ०७७,०७८ को वडा सिलिङ्गमा बजेट विनियोजन गरी विनियोजन गरेको ५ लाख रकमबाट ७ थान कम्प्युटर, १ थान स्टेपलाइजर खरिद गरि विद्यालयलाई हस्तान्तरण गरेको वडा सदस्य ओम प्रकास साहले बताउनुभयो ।
स्वागत मन्तव्य वडा सदस्य साहले गर्नुभएको थियो भने वडा अध्यक्ष सत्यनारायण साहको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

   

1 Comment

Click here to post a comment

  • बरमझिया सुब्बाटोल को स्कुल ले कहिले पाउछ ???

You cannot copy content of this page