कोशी प्रदेश समाज

उदयपुरको रौतामाईमा भीरबाट लडेर १३ वर्षीय बालकको मृत्यु

उदयपुर, असार २१ गते । उदयपुरको रौतामाईमा भीरबाट लडेर १३ वर्षीय बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रौतामाई नगरपालिका ४ माल्वासेका १३ बर्षीय बालक बिशाल सार्की रहेका छन ।
जंरगेडाँडा भिरमा बाख्रा चराउन गएका बालकको आईतवार अपरान्ह पौने ५ बजेको समयमा भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page