कृषि

फलफूलका बिरुवा लगायतका कृषि उपकरणहरु हस्तान्तरण तथा वितरण

कञ्चनरुप , असार २२ गते । नयाँ अभियान आँप पकेट सञ्चालक समन्वय समिति कञ्चनरुप १२ रुपनगर सप्तरीको आयोजना मंगलवार प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना साना व्यवसायिक उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रम अन्तरगत फलफूलका बिरुवा लगायतका कृषि उपकरणहरु हस्तान्तरण तथा वितरण गरिएको छ ।
सो कार्यक्रममा बोल्दै नगर प्रमुख बसन्त कुमार मिश्रले यस क्षेत्र फलफूलका लागि राम्रो ठाउँ भएकाले किसानहरुको आँप उत्पादनमा पहुँच बढाउनका लागि फलफूलका बिरुवा लगायत समरसियल पम्प जडान, अन्य उपकरणहरु नगरपालिकाले प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यक्रमबाट किसानहरुलाई हस्तान्तरण तथा वितरण गरिएको बताउनु भयो । उहाँले आँप उद्योग खोल्न आवश्यक रहेको बताउँदै भ्रष्टाचार मुक्त वडा बनाउनुपर्नेमा जोड दिनुभयो ।

कृषि विकास शाखाका बेचन सढोक यादवले १५ प्रतिशत जन सहभागितामा ७ वटा समरसियल पम्प गाडिएको र प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना साना व्यवसायिक आँप उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रम अन्तरगत ५० प्रतिशत अनुदानमा पावर स्प्रे एक थान, डिजिटल तराजु एक थान, आर्गेनिक मल र रसायनिक मल, आँप, कटहर, लिच्ची, कागतीको बिरुवाहरु वितरण र हस्तान्तरण गरिएको बताउनु भयो ।
वडा नम्बर १२ का वडा अध्यक्ष देवी बहादुर खत्री, प्रेस सल्लाहकार उत्तम आचार्य, इन्जिनियर सशिकान्त चौधरी, किसान प्रमोद कटुवाल लगायतका वक्ताहरुले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

समन्वय समितिका अध्यक्ष नारायण प्रसाद घिमिरेको अध्यक्षतामा कार्य क्रम सम्पन्न भएको थियो ।
त्यसैगरी साही कार्यक्रम अन्तरगत सितापुर तरकारी पकेट सञ्चालक समन्वय समिति कञ्चनरुप ७ सितापुरले तरकारी बीउ वितरण गरेको छ भने समन्वय समितिलाई उपकरणहरु हस्तान्तरण गरिएको छ ।
सो कार्यक्रममा बोल्दै नगर प्रमुख मिश्रले तरकारी उत्पादन गर्ने किसानहरुको हितहुने गरी नगरपालिकाले काम गरिरहेको बताउँदै सोही अनुसार नगरपालिकाले समय समयमा तरकारीको बीउ वितरण गरेको बताउनु भयो ।

कृषि विकास शाखाका बेचन सढोक यादवले १५ प्रतिशत जन सहभागितामा ७ वटा समरसियल पम्प गाडिएको र प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्तरगत ५० प्रतिशत अनुदानमा मिनि टिलर १ थान, विषादी, आर्गेनिक र रासायनिक मलका साथै तरकारीका बिउहरु नगरपालिकाले समन्वय समिति कञ्चनरुप ७ सितापुरलाई हस्तान्तरण गरिएको बताउनु भयो ।
समन्वय समितिका अध्यक्ष लोकेन्द्र प्रसाद महतोको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page