समाचार

नेपाल शिक्षक महासंघ सप्तरीद्वारा ३४ बुद्धे पेशागत माँग राख्दै धर्ना

भुपदेव माली /
राजविराज, २५ असार ।
नेपाल शिक्षक महासंघ सप्तरीले शिक्षण पेशा तथा अधिकार सम्बन्धी ३४ बुद्धे माँग लिएर जिल्ला शिक्षा विकास तथा समन्वय ईकाई सप्तरीको मार्यलय राजविराजमा धर्ना कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाल सरकारले शिक्षकको माँग प्रति उदासिन रहेकोले बिरोध स्वरुप जारि गरिएको आन्दोलन अन्र्तगत नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिका निर्धारित कार्यक्रमको अभियान अन्तर्गत शुक्रबार चौथौ दिनको धर्ना कार्यक्रम गरिएको हो ।

नेपाल शिक्षक महासंघ सप्तरीका सह–अध्यक्ष तथा जिल्ला आन्दोलन परिचालन समितिका संयोजक सुरेश कुमार यादबको नेतृत्व तथा महासंघ सप्तरीका अध्यक्ष दिनेश प्रसाद यादबको प्रमुख आतिथ्यमा गरिएको सो धर्ना कार्यक्रममा महासंधमा आवद्घ नेपाल शिक्षक मंचका केन्द्रिय अध्यक्ष दिनेश कुमार यादब सहित जिल्लाका विभिन्न शिक्षकका संध–संगठनका अगुवा शिक्षक,शिक्षिका , बाल शिक्षक तथा विघालय कर्मचारी गरी दुई सय भन्द बढीको सहभागिता रहेको थियो ।

शिक्षाको समुचित विकास ,शिक्षाकर्मीको पेशागत उन्नयन , हक , हित र सुरक्षाको संगै देशमा एकै खाले शिक्षा हुनुपर्नै शिक्षक , विघालय कर्मचारी , बाल शिक्षकको पेशा संरक्षण , गुणस्तरीय शिक्षा प्रणालीको प्रत्याभूति तथा पेशागत अधिकार सम्बन्धी ३४ बुदैँ माँगको मुद्दा सम्बोधनार्थ गरिएको सो धर्ना कार्यक्रम विहान १०ः०० बजे बाट प्रारम्भ भई दिउँसो ०१ः०० बजे समापन गरिएको थियो ।
कार्यक्रम बिच महासंघ सप्तरीका सह–अध्यक्ष यादबले समन्वय ईकाई प्रमुख विजय कुमार मण्डललाई सो अधिकार सहितको माँग–पत्र हस्तान्तरण गर्नुभएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page