उत्सव आचार्य /
कञ्चनरुप (सप्तरी) , २६ असार । एमालेको भातृसंगठन राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियु सप्तरीले सरकार र नेकपा एमालेविरुद्ध घेराबन्दी गरिएको भन्दै शनिबार राजविराजमा सडक प्रदर्शन गरेको छ ।
रास्ट्रिय युवा संघ र अनेरास्ववियुले प्रधानमन्त्री ओलीको समर्थनमा र रास्ट्रघाती विपक्षी गठबन्धनको विरुद्ध सप्तरी जिल्लाको सदरमुकाम राजबिराजमा विशाल प्रदर्शन गरेको हो ।
अपरान्ह २ बजे युवासंघले राजविराज नगर परिक्रमा गरेको थियो ।
सो कार्यक्रममा नेकपा एमाले सप्तरीका नेताद्वय सुखराम यादव , असोक यादव, रास्ट्रिय युवा संघ नेपालका केन्द्रिय सचिवालय सदस्य सञ्जय पासवान, मनिष श्रेष्ठ, केन्द्रिय सदस्य अभिषेक गुप्ता लगायतले कसैले पनि भ्रममा नपरी विकास र समृद्धिको पक्षमा काम गरिरहेको प्रधानमन्त्री ओलीलाई घेराबन्दीमा पार्नु दुखद पक्ष रहेको बताउनुभयो ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/07/212736708_4095667217137538_6055364167706374091_n-1024x485.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/07/212736708_4095667217137538_6055364167706374091_n-1024x485.png)
राष्ट्रिय युवा संघ नेपालका युवा तथा नेता ,अनेरास्ववियुका युवाहरुको उल्लेख्य मात्रामा सहभागीता रहेको राष्ट्रिय युवा संघ कञ्चनरुप नगरपालिकाका नगर अध्यक्ष जैनुदिन मियाँले जानकारी दिनुभयो ।
फेर्नु छ चाँडो देशको मुहार विदेशी दलालहरु होसियार, आजलाई होइन भोलिाई १० वर्ष ओलीलाई, शक्ति पृथकीकरको रक्षा गरौँ संवैधानिक सर्वोच्चता कायम गरौँ, कानूनी साशन कायम गरौँ स्वतन्त्र न्यायपालिकाको रक्षा गरौँ, संविधान मिच्न पाइँदैन राष्ट्रघाती गठबन्धन चाहिँदैन, फेर्नु छ चाँडो देशको मुहार हाम्रो भविष्य स्थिर सरकार लगायत नाराहरू लगाइएको थियो ।
रास्ट्रिय युवा संघ नेपालका सप्तरी अध्यक्ष चितरंजन यादवको अध्यक्षतामा सभा सम्पन्न भएको थियो ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/07/216468000_169694951886115_1003818457657061049_n-1024x512.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/07/216468000_169694951886115_1003818457657061049_n-1024x512.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/07/212256450_4095667517137508_5638916113005826636_n-1024x485.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/07/212256450_4095667517137508_5638916113005826636_n-1024x485.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
Thukka veda haru