राजनीति

देउवा प्रधानमन्त्री हुनेबित्तिकै भ्रष्टाचारीहरु रिहा हुनु राम्रो संकेत होइन : केपी ओली

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुनेबित्तिकै भ्रष्टाचारमा संलग्नको रिहा र हत्या आरोपीको आतंकले राम्रो संकेत नगरेको बताउनुभएको छ । नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्ने क्रममा ओलीले यस्तो बताउनुभएको हो ।
“भ्रष्टाचार आरोपी विजय गच्छदारको रिहाइ र हत्या अभियोगमा जेलमा रहेका मोहम्मद अफ्ताव आलम आतंकले देखाइसकेको छु, उहाँले देउवा नेतृत्वको सरकारको सुरुवातबारे टिप्पणी गर्दै भन्नुभयो, “यातायातको भाडा वृद्धि पनि एउटा अर्को उदाहरण हो ।”
त्यस्तै ओलीले एमालेले कांग्रेस–माओवादीले जसरी झुटो पनि नबोल्ने दाबी गर्दै सरकारलाई राष्ट्रघाती काम र जनहितविरुद्धका गतिविधि नगर्ने बताउनुभयो । ओलीले एमालेले अब रचनात्मक प्रतिपक्षको भूमिका खेल्ने पनि बताउनुभयो । साभार : योहो खबर

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page