समाचार

गाईगोठमा आगलागी हुदा चार वर्षीया बालिकाको जलेर मृत्यु

ओखलढुङगा, श्रावण ०३ गते । ओखलढुङगाको मानेभञ्ज्याङमा गाईगोठमा आगलागी हुदा चार वर्षीया बालिकाको जलेर मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुली फिक्कल ५ बस्ने समिता राई खड्काको ४ वर्षीया छोरी धन कुमारी खड्का रहेकी छन् ।
आइतबार दिउसो १ बजे ओखलढुङगा मानेभञ्ज्याङ ६ स्थितमा रहेको मामा घरमा आएको अवस्थामा मामा घरकै गाईगोठमा हातमा लाइटर बोकी खेल्ने क्रममा अचानक लाईटर सल्केर फुस्को छानो भएको गाईगोठमा आगलागी हुदा सोही आगोमा जलेर बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ ।
त्यसैगरी आगलागीमा परी गोठमा रहेका २ वटा गाई र ४ वटा बाख्राको समेत जलेर मृत्यु भएको छ ।
घटना बारे कानुनी कारबाही भईरहेको प्रहरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page