समाज

चन्द्र नहर फुट्दा सप्तकोसीका सयौं घर डुबान

खगेन्द्र कार्की /
फत्तेपुर ।
सोमबार साझ देखि परेको अविरल वर्षाका कारण आएको बाढीले सप्तरीको सप्तकोसी नगरपालिका–४ स्थित चन्द्रनहर भत्काएको छ ।
सप्तकोसी नगरपालिकामा रहेका स्थानिय जुटपानी ,सत्रापत्र ,अमहा, ट्याङ्ग्रा लगायतका खहरे खोलामा आएको बाढीले चन्द्रनहर दुई ठाँउमा भत्काएको स्थानिय दिपेन्द्र दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार दुई स्थानमा गरी करिब ५० मिटर नहर भत्किएको छ ।

नगर क्षेत्रमा रहेका खहरेखोला खोलाको बाढीको निकास नहुदा ओभरफ्लो भई नहरमा खसेको र त्यसपछि नहर नै कटान गरी क्षतिग्रस्त बनायो ,दाहालले भन्नुभयो ।
बाढी बस्तीमा पस्दा सप्तकोसी नगरपालिकाका करिब ३ सय घर डुबानमा परेका छन् । रातको समयमा आएको बाढीले सप्तकोसी ४ मा मात्र एक सय भन्दा बढी घर डुवानमा परेका छन् ।

नगरप्रमुख उत्तम कुमार शर्माका अनुसार सप्तकोसी नगरपालिकाका वडा नम्बर १, २, ४ र ११ का घर डुबेका हुन् । ती घरहरुमा ३ फिटसम्म पानी जमेको र अन्य विवरण संकलन भइरहेकोले क्षति कहाँ कस्को कति भएको आउँन बाँकि रहेको नगर प्रमुख शर्माले बताउनुभयो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page