राजनीति

भीम रावलले प्रतिनिधिसभा सदस्यबाट दिएको राजीनामा फिर्ता लिए

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा सदस्यबाट दिएको राजीनामा फिर्ता लिएका छन्।
रावलले आज शुक्रबार सभामुख अग्नीप्रसाद सापकोटालाई भेटेर पार्टी र जनताको आग्रह मानेर राजीनामा फिर्ता लिने निर्णय गरेको बताएका छन् ।
रावलले साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनु भन्दा अगाडि राजीनामा दिएका थिए।
रावलले आज हुने संसद बैठक बस्नुअघि राजीनामा फिर्ता लिएको सभामुखको सचिवालयले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page