समाचार

भोलिदेखि लामो दूरीका यातायात सञ्चालन गर्न दिने काठमाडौं प्रशासनको निर्णय

काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले शनिबारदेखि मध्यम तथा लामो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको छ । शुक्रबार काठमाडौं जिल्ला प्रशासन कमार्यालयले एक सूचना जारी गर्दै यस्तो अनुमति दिएको हो ।
यातायात सञ्चालनको व्यवस्था मिलाउन प्रशासनले यातायात व्यवसायीहरुलाई आग्रह समेत गरेको छ ।
सूचनामा भनिएको छ,‘नेपाल सरकार (मन्त्रिपरिषद) को मिति २०७८/०४/०४ को निर्णयानुसार त्रिभुवन विश्वविद्यालय तथा लोकसेवा आयोग लगायतका निकायहरुबाट परीक्षाका कार्यक्रम सार्वजनिक भएकाले देशका विभिन्न भागमा हुने परीक्षार्थी तथा सर्वसाधारणहरुको आवातजावातलाई सहज बनाउन उपत्यकाका सम्पूर्ण यातायात व्यवसायीहरुले नेपाल सरकारले तोकेको जनस्वास्थयका मापदण्डको पूर्ण पालना गरी मध्यम तथा लामो दूरीका सार्वजनिक यातायात सञ्चालनको व्यवस्था मिलाउन अनुरोध छ ।’
साथै प्रशासनले अनिवार्य रुपमा काउण्टरबाट मात्रै टिकट काटेर यात्रा गर्न यात्रुलाई आग्रह गरेको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page