समाचार

गृह मन्त्रालयको प्रवक्तामा फणिन्द्रमणि पोखरेल

काठमाडौं । गृह मन्त्रालयको प्रवक्तामा सह सचिव फणिन्द्रमणि पोखरेललाई ल्याइएको छ ।
हालका प्रवक्ता जनकराज दाहाललाई कारागार व्यवस्थापन विभागको महानिर्देशकमा पठाइए सँगै पोखरेललाई मन्त्रालयको शान्ति सुरक्षा महाशाखाको प्रमुखसहित प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरिएको हो ।
कारागार व्यवस्थापन विभागका महानिर्देशक रहेका पोखरेल तराई र पहाडका गरी ७ जिल्लाको प्रमुख जिल्ला अधिकारी भएर काम गरिसकेका छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page