समाचार

सप्तरीमा आज एकै दिन २५ जनामा कोरोना संक्रमण पुष्टि

कञ्चनरुप (सप्तरी) । सप्तरीमा आज एकै दिन २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका अनुसार ४० जनाको पिसिआर परीक्षण गर्दा २५ जनामा संक्रमण देखिएको हो ।
अहिले जिल्लामा सक्रिय संक्रमितको संख्या ६४ जना पुगेका छ ।
कोरोना संक्रमणबाट हालसम्म १ सय ५५ जनाको मृत्यु भइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page