समाचार

सप्तरीको राजविराजमा किवानिज क्लब इन्टरनेशनलको शाखा सुचारु

राजविराज । सप्तरीको राजविराजमा किवानिज क्लब इन्टरनेशनलको शाखा सुचारु गरिएको छ ।
क्लबका डिविजन नम्बर १ का ल्यूटिनेन्ट गवर्नर एलेक्ट नविन खतिवडाको प्रमुख आतिध्यमा आयोजित कार्यक्रममा सो घोषणा गरिएको हो ।
सो कार्यक्रममा बोल्दै खतिवडाले किवानिज संस्था बालबालिकाको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रीय संस्था भएको र यसको शुरुवात संयुक्त राज्य अमेरिकाबाट भएको बताउनु भयो । उहाँले नेपालमा प्रादेशिक रुपमा डिविजन रहेको यस संस्थाको काठमाडौं उपत्यका मा ४ र बाँकी ६ ओटा प्रदेश मा १/१ गरी जम्मा १० ओटा डिविजन रहेको यस संस्थाको ८२ वटा क्लबको रूपमा शाखा रहेको बताउनु भयो ।

खतिवडाले प्रदेश नम्बर २ मा यो क्लब पहिलो शाखाको रूपमा राजविराजमा खोलिएको जानकारी गराउँदै अब यस क्षेत्रको बालबालिकालाई थोरै भए पनि विकास गर्न किवानिजले भूमिका खेल्ने बताउनु भयो ।
सप्तकोशी सप्तरी नामाकरण गरिएको राजविराजको क्लबका अध्यक्ष दीपेन्द्र भट्टको अध्यक्षतामा गरिएको कार्यक्रममा लेटाङ्ग क्लबका अध्यक्ष भाष्कर ज्ञवालीले सरसफाईको क्षेत्रमा काम गर्ने सप्तरी युथ सहित नेपाल पत्रकार महासंघ, सप्तरी, नौलेज फार आल र सप्तरी सामुदायिक विकास केन्द्र लगायतका संस्थालाई सरसफाईको सन्देश भएका ब्राउजर समाजमा सन्देशको रूपमा वितरित गर्न हस्तान्तरण गर्नु भयो ।

अध्यक्ष भट्टले लेटाङ्ग क्लबका अध्यक्ष ज्ञवाली र ल्यु गवर्नर खतिवडालाई दोसल्ला ओढाएर सम्मान समेत गर्नु भएको थियो । सप्तरी क्लबका प्रेसिडेंट एलेक्ट किरण कुमार ढकालले संस्थाको उद्देश्यका बारेमा प्रकास पार्दै स्वागत गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन क्लबका उपाध्यक्ष सतीश कुमार दत्तले गर्नुभएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page