स्वास्थ्य

थप ३ हजार ८ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि , २० जनाको मृत्यु

काठमाडौं । नेपालमा आज थप ३ हजार ८ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १७ हजार ५ सय १८ नमुनाको पीसिआर तथा एन्टीजेन परिक्षण गर्दा ३ हजार ८ सय ९९ जनामा संक्रमण पुष्टि भएको हो ।
आज सङ्क्रमणबाट थप १ हजार ७ सय ७८ जना निको भएका छन् । नेपालमा हालसम्म ६ लाख ४७ हजार ७९ संक्रमित निको भइसकेका छन् ।
आज कोरोना संक्रमणबाट थप २० जनाको मृत्यु भएको छ । यो सँगै कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ९ हजार ७ सय ५८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा हाल काठमाडौँ उपत्यकाका तीनै जिल्ला सहित १२ जिल्लामा ५ सय भन्दा बढी र २२ जिल्लामा २ सय भन्दा बढी सङ्ख्यामा सक्रिय संक्रमित रहेका छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page