स्वास्थ्य

आज थप ३ हजार ८४० जनामा कोरोना संक्रमण पुष्टि , ३३ जनाको मृत्यु

काठमाडौं । नेपालमा आज थप ३ हजार ८ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह प्रवक्ता डा. समीर अधिकारीले दिनुभएको जानकारी अनुसार १० हजार ८ सय ८६ वटा नमुनाको पिसिआर विधिबाट परिक्षण गर्दा २ हजार ६ सय ३४ जना तथा ४ हजार ९ सय २२ वटा नमुनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा १ हजार २ सय ६ जना गरी जम्मा ३ हजार ८ सय ४० जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा १ हजार ९ सय ९३ जना कोरोना सङ्क्रमणबाट निको भएर घर फर्किएका छन् । आजसम्मको तथ्याङ्क अनुसार नेपालमा कोरोना भाइरसबाट निको भएको दर ९४ दशमलव ३ प्रतिशत रहेको छ ।
आज कोरोना सङ्क्रमणबाट ३३ जनाको मृत्यु भएको छ । यो सँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ९ हजार ७ सय ९१ पुगेको छ ।
देशभर २९ हजार ४ सय ४४ जना सक्रिय सङ्क्रमितले कोरोना सङ्क्रमणको उपचार गराइरहेका छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page