स्वास्थ्य

थप ३ हजार ३ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि , १६ जनाको मृत्यु

काठमाडौं । नेपालमा आज थप ३ हजार ३ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ९ हजार ५ सय ५५ वटा नमुनाको पिसिआर विधिबाट परिक्षण गर्दा २ हजार ३ सय ३५ जना तथा ४ हजार ६ सय ८७ वटा नमुनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा १ हजार ३० जना गरी जम्मा ३ हजार ३ सय ६५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ७३ जना कोरोना सङ्क्रमणबाट निको भएर घर फर्किएका छन् । योसँगै कोरोनाबाट अहिलेसम्म ६ लाख ५० हजार ४ सय ४५ जना निको भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
नेपालमा कोरोना भाइरसबाट निको भएको दर ९४ दशमलव १ प्रतिशत रहेको छ ।
आज कोरोना सङ्क्रमणबाट १६ जनाको मृत्यु भएको छ । योसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ९ हजार ८ सय ७ पुगेको मन्त्रालयले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page