स्वास्थ्य

थप ३ हजार ६ सय ११ जनामा कोरोना संक्रमण पुष्टि , २७ जनाको मृत्यु

काठमाडौं । नेपालमा आज थप ३ हजार ६ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ९ हजार ७ सय ८३ वटा नमुनाको पिसिआर विधिबाट परिक्षण गर्दा २ हजार ४ सय ६७ जना तथा ४ हजार ८ सय ७८ वटा नमुनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा १ हजार १ सय ४४ जना गरी जम्मा ३ हजार ६ सय ११ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा १ हजार ८ सय १६ जना कोरोना सङ्क्रमणबाट निको भएर घर फर्किएका छन् । यो सँगै अहिलेसम्म कोरोना सङ्क्रमणबाट ६ लाख ५२ हजार २ सय ६१ जना निको भएको मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना भाइरसबाट निको भएको दर ९४ दशमलव १ प्रतिशत रहेको छ ।
आज कोरोना सङ्क्रमणबाट २७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ९ हजार ८ सय ३४ पुगेको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page