स्वास्थ्य

नेपालमा आज ३ हजार १ सय ६ जनामा कोरोना संक्रमण पुष्टि,२३ जनाको मृत्यु

काठमाडौं । नेपालमा आज थप ३ हजार १ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज ९ हजार २ सय ८३ नमुनाको पिसिआर परीक्षणबाट २ हजार २ सय ८० जना तथा ४ हजार २ सय ६५ नमुनाको एन्टिजेन परीक्षणबाट ८ सय २६ जनामा संक्रमण पुष्टि भएको हो ।
कोरोनाका कारण आज थप २३ जनाको मृत्यु भएपछि हालसम्म मृत्यु हुनेको कूल सङ्ख्या ९ हजार ८ सय ५७ पुगेको छ ।
यसैगरी आज १ हजार ९ सय १६ जना संक्रमित निको भएका छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page