स्वास्थ्य

थप २ हजार ५ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि ,१८ जनाको मृत्यु

काठमाडौं । नेपालमा आज थप २ हजार ५ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ६ सय ३६ नमूनाको पिसिआर तथा एन्टिजेन परीक्षणबाट २ हजार ५ सय ६८ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ९७ हजार ३७० पुगेको छ ।
यसैगरी आज थप २ हजार २० जना संक्रमित निको भएका छन् । यो सँगै ६ लाख ५६ हजार १९७ जना संक्रमणमुक्त भएका छन् ।
यस्तै कोरोनाका कारण आज थप १८ जनाको मृत्यु भएसँगै हालसम्म मृत्यु हुनेको कूल सङ्ख्या ९ हजार ८ सय ७५ पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार २९८ जना रहेका छन् । जसमध्ये २८ हजार ६३ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार २३५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६७७ जना आईसीयू र १६९ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page