स्वास्थ्य

थप ३ हजार १ सय २५ जनामा कोरोना संक्रमण पुष्टि, २३ जनाको मृत्यु

काठमाडौं । नेपालमा आज थप ३ हजार १ सय २५ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १० हजार ६ सय १३ वटा नमुनाको पिसिआर विधिबाट परिक्षण गर्दा २ हजार २ सय ७९ तथा ३ हजार १ सय ९८ वटा नमुनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा ८ सय ४६ जना गरी जम्मा ३ हजार १ सय २५ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय २५ जना कोरोना सङ्क्रमणबाट निको भएर घर फर्किएका छन् । यो सँगै अहिलेसम्म कोरोना सङ्क्रमणबाट ६ लाख ५८ हजार १ सय २२ जना निको भएका छन् ।
आज कोरोना सङ्क्रमणबाट २३ जनाको मृत्यु भएको छ । यो सँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ९ हजार ८ सय ९८ पुगेको छ ।
देशभरि ३१ हजार ६ सय २९ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page