समाज

सप्तरीमा पोखरीमा डुबेर ७ वर्षीय बालकको मृत्यु

कञ्चनरुप (सप्तरी) । सप्तरीमा पोखरीमा डुबेर एक ७ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको राजगढ गाउँपालिका ३ नर्घोका घुरन रामको ७ वर्षीय छोरा उमेश राम रहेका छन् ।
राजबिराज नगरपालिका १ चनौरा टोलमा आज (सोमबार) मामाघर आएका बालकको पोखरीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो ।
मृतक बालकको शवलाई पोस्टमार्टमका लागि राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा पठाइएको छ भने घटना बारे थप अनुसान्धन भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page