स्वास्थ्य

थप ३ हजार ३ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि , २४ जनाको मृत्यु

काठमाडौं । नेपालमा आज थप ३ हजार ३ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ७ सय १८ नमुनाको पिसिआर तथा एन्टिजेन परीक्षणबाट ३ हजार ३ सय ८३ जनामा संक्रमण पुष्टि भएको हो ।
यसैगरी आज थप १ हजार ९ सय ९४ जना संक्रमित निको भएका छन् । नेपालमा कोरोना संक्रमण निको हुने दर ९४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
यस्तै कोरोनाका कारण आज थप २४ जनाको मृत्यु भएपछि हालसम्म मृत्यु हुनेको कूल सङ्ख्या ९ हजार ९ सय २२ पुगेको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page