स्वास्थ्य

देशभर ३ हजार ६ सय ५१ जनामा कोरोना संक्रमण , २२ जनाको मृत्यु

काठमाडौं । नेपालमा आज थप ३ हजार ६ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ४ सय ४५ नमुनाको पिसिआर परिक्षण गर्दा २ हजार ६ सय ९ जना र ६ हजार १ सय ४९ नमुनाको एन्टिजेन परीक्षण गर्दा १ हजार ४२ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै आज १ हजार ७ सय ८४ जना निको भएका छन् । यो सँगै ६ लाख ७१ हजार ८३ जना संक्रमणमुक्त भएका स्वास्थ्य मन्त्रालयका तथ्याङ्कमा छ ।
नेपालमा कोरोना संक्रमण निको हुने दर ९३ दशमलव ५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमणबाट थप २२ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको कूल सङ्ख्या १० हजार १ सय १५ पुगेको छ ।
नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख १७ हजार ४८६ पुगेको छ ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार २८८ जना रहेका छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page