समाचार

लैङ्गिक हिंसा निवारण कोषको सञ्चालक समितिमा इन्सेक प्रतिनिधि पोखरेल मनोनयन

राजविराज , २५ साउन । राजविराज नगरपालिकाले इन्सेक प्रतिनिधि मनोहरकुमार पोखरेललाई लैङ्गिक हिंसा निवारण कोषको सञ्चालक समितिमा मनोनयन गरेको छ ।
लैङ्गिक हिंसा निवारण कोष सञ्चालन कार्यविधि २०७७ (दोस्रो संशोधन) नियमावली २०७६ को नियम २ को उपनियम २ खण्ड ग (१) बमोजिम राजविराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदनकुमार थापाले बुझाउनु भएको पत्रमा साउन २४ गते इन्सेक प्रतिनिधि पोखरेललाई कोषको सञ्चालन तथा व्यवस्थापन गर्ने कामकाजका लागि मनोनयन गरिएको उल्लेख गरिएको छ ।
राजविराज नगरपालिकाले बनाएको लैङ्गिक हिंसा निवारण कोष (सञ्चालन) कार्यविधि २०७७ मा प्रमुख प्रशासकीय अधिकृत संयोजक रहेको सात सदस्यीय तत्काल उद्धार र राहत समितिको व्यवस्था छ ।
महिला तथा बालबालिका शाखा प्रमुख सदस्य सचिव रहेको सो समितिको सदस्यहरूमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सामाजिक विकास शाखा र स्वास्थ्य उपशाखा प्रमुख तथा लैङ्गिक हिंसा निवारणको क्षेत्रमा कार्यरत गैरसरकारी संस्थाका एक जना प्रतिनिधि राखिने प्रावधान छ ।
पीडितहरूलाई तत्काल उद्धार तथा संरक्षण गर्ने, राहत तथा आर्थिक सहयोग उपलब्ध गराउने, राहत रकम सदुपयोग भएनभएको अनुगमन गर्ने, लैङ्गिक हिंसा निवारणका लागि जनचेतनामूलक कार्यक्रम गर्ने, विभिन्न संस्था र निकायबिच समन्वय गर्ने, घटनाको अभिलेख अद्यावधिक गर्ने, कोष बृद्धिका लागि श्रोतको खोजी गर्नेलगायत लैङ्गिक हिंसा निवारणसम्बन्धी अन्य काम गर्ने, गराउने समितिको काम तोकिएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page