स्वास्थ्य

नेपालमा आज ४ हजार ९ सय ४ जनामा कोरोना संक्रमण पुष्टि, ३५ को मृत्यु

काठमाडौं । नेपालमा आज थप ४ हजार ९ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १३ हजार २ सय १७ नमूनाको पिसिआर परिक्षण गर्दा ३ हजार १ सय ९४ जना र ५ हजार ९ सय ६ नमूनाको एन्टिजेन परीक्षण गर्दा १ हजार ७ सय १० जनामा संक्रमण पुष्टि भएको हो ।
सङ्क्रमणका कारण आज थप ३५ जनाको मृत्यु भएपछि हालसम्म मृत्यु हुनेको कूल सङ्ख्या १० हजार १ सय ५० पुगेको छ । सङ्क्रमणबाट आज २ हजार १ सय १५ संक्रमित निको भएका छन् ।
देशभर रहेका ३७ हजार ३ सय ३२ सक्रिय सङ्क्रमितमध्ये ७ सय ६१ को सघन उपचार कक्षमा र १ सय ७६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page