स्वास्थ्य

लक्षित वर्गका सुनौलो हजार दिनका आमाहरुलाई पोषण झोला वितरण

कञ्चनरुप (सप्तरी) , २६ श्रावण । कञ्चनरुप नगरपालिका बहुक्षेत्रिय पोषण इकाई कञ्चनपुर सप्तरीले सोमवार वडा नम्बर १० मा लक्षित वर्गबाट छनौट गरी सुनौलो हजार दिनका आमाहरुलाई पोषण झोला वितरण गरेको छ ।
सो कार्यक्रममा बोल्दै स्वास्थ्य शाखाका संयोजक जनस्वास्थ्य अधिकृत रामसेवक यादवले बच्चाहरुलाई कुपोषणबाट जोगाउन पौष्टिक खानेकुराहरु खुवाउन अतिनै आवश्यक रहेको बताउनुभयो । उहाँले नगरपालिका कुपोषण मुक्त नगर घोषणा हुने तयारीमा रहेकोले स्वास्थ्य शाखाले सोही अनुसार काम गरिरहेको बताउनु भयो ।
स्वास्थ्य शाखाका ससंयोजक सिअहेव अधिकृत डम्बर प्रसाद गुप्ताले लक्षित वर्गबाट ३० जना सुनौलो हजार दिनका आमाहरुलाई छनोट गरी सौहार्दपूर्ण वातावरणमा पोषण झोला वितरण गरिएको जानकारी गराउनुभयो ।
स्वास्थ्य शाखाका सुरेन्द्र प्रसाद यादवले सुनौलो हजार दिनका आमाहरुलाई नगरपालिकाले क्याल्सियम चक्कि निशुल्क रुपमा उपलब्ध गराउने बताउनुभयो । अब उप्रान्त सुनौलो हजार दिनका आमाहरुले क्याल्सियम चक्कि किनेर खानु नपर्ने यादवले जानकारी गराउनुभयो ।

पोषण कार्यक्रमकी सहजकर्ता सुशिला चौधरीले घ्यु एक किलो, कुखुराको अण्डा एक क्यारेट, हरियो भटमास एक किलो, पोषिलो पिठो दुई किलो, तरकारी बिउ विजन नौ किसिमको एक प्याकेट, सर्जिकल मास्क नोटपिन मेडिकेटेड एक पाकेट, सपकेश प्लाष्टिक एक थान, टुथब्रस एक थान, टुथपेष्ट एक थान, मग एकलिटरवाला एक थान, स्यानिटरी प्याड (१.८) ४ प्याकेट, ह्याण्ड सेनिटाइजर (स्प्रेयर) १०० एमएल एक बोतल, क्याल्सियम चक्की ५०० एमजी दुई सय चक्की पोषण झोलामा हाली सुनौलो हजार दिनका आमाहरुलाई वितरण गरिएको बताउनुभयो ।
वडा नम्बर १० का वडा अध्यक्ष दिलिप कुमार चौधरीको अध्यक्षतामा पोषण झोला वितरण गरिएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page